काठमाण्डौँ — दुई वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको मध्यभोटेकोसी जलविद्युत् आयोजना काम अगाडि बढेको छ ।
बाह्रबिसे नगरपालिकाको गाती जम्बुस्थित १०२ मेगावट क्षमताको आयोजनाले मुख्य टनेल, अडिटसँगै अन्य कार्यलाई तीव्र बनाएको हो ।
आयोजना प्रमुख सुनीलकुमार लामाका अनुसार झन्डै ५६ प्रतिशत सुरुङ खनेर सकिएको छ ।
आयोजनाको मुख्य सुरुङ ७ हजार १ सय २४ मिटरमध्ये ४ हजार ४२ मिटरको टनेल मार्ग खनिसकेको उनले बताए ।
चिलिमे जलविद्युत् कम्पनी लिमिटेड मुख्य प्रवद्र्धक रहेको आयोजनाको बाँधस्थलको जग्गा मुआब्जा ३ वर्ष रोकिएको हालै समाधान भएर काम अगाडि बढेको उनले जनाए ।
१५ जुन २०१७ मा सकिनुपर्ने आयोजना विभिन्न अवरोधका कारण नसकिएपछि २०१९ को जुलाइसम्म समय थपिएको छ ।
१२ अर्ब २८ करोड लागत लाग्ने अनुमान गरिएको मध्यभोटेकोसीको लागत बढेर १४ अर्ब ८४ करोड पुगेको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS