काठमाडौं, कात्तिक २४ – नेपाल स्वास्थ्यकर्मी संघले कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने सबै स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन सरकारसँग माग गरेको छ। संघले सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै कोरोना महामारीमा खटिएका सबै स्वास्थ्यकर्मीलाई तत्काल जोखिम भत्ता उपलब्ध गराउन माग गरेको हो। यी माग सहित संघले १३ बुँदा सहितको ज्ञापन पत्र मन्त्रालयमा बुझाएका हुन्।
स्वास्थ्यकर्मीले जोखिम भत्ता पाउन नसक्ने गरी विभिन्न निर्देशिकाहरु बनेको भन्दै संघले आपत्ति समेत जनाएको छ। ज्ञापन पत्रमा भनिएको छ, ‘सबै स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता पाउने गरी निर्देशिकामा व्यवस्थापन गर्न, संघीय सरकारले गरेका निर्णयहरु सबै तहका सरकार र व्यवस्थापक वा सञ्चालकहरुले कम्तीमा पनि लागू वा कार्यान्वयन गर्ने व्यवस्था गर्न माग गर्दछौं।’
कोरोना महामारी रोकथाम नियन्त्रणका लागि शंकास्पद, संभावित र पुष्टि भएका बिरामीहरुको केस अनुसन्धान र निजका कन्ट्याकमा आएको व्यक्तिहरुको खोज पड्ताल गर्नका लागि तयारी गरिएको टिमको न्यूनतम सेवा सुविधा संघीय सरकारबाट हुनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ।
FACEBOOK COMMENTS