काठमाडौं, २६ कार्तिक – गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले धनुषा जिल्लाको महेन्द्रनगरमा शाखा विस्तार गरेको छ । फाइनान्सले बुधबार धनुषा जिल्लाको महेन्द्रनगरमा २१ औं शाखा विस्तार गरेको हाे ।
संस्थाको प्रदेश २ का क्षेत्रिय प्रबन्धक राजेश कुमार गुप्ता र शाखा प्रबन्धक प्रदिप कुमार सिहं उक्त शाखा कार्यलयकाे उद्घाटन गरे ।
यस संस्थाको प्रधान कार्यालय हरिहर भवन, ललितपुरमा रहेको छ तथा प्रदेश नम्बर एकमा ४ वटा शाखा कार्यालयहरु, प्रदेश नम्बर दुईमा ५ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन काउन्टर, बागमती प्रदेशमा ६ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन काउन्टर, गण्डकी प्रदेशमा १ वटा शाखा कार्यालय र लुम्बिनी प्रदेशमा ४ वटा शाखा कार्यालयहरु रहेकाे छ ।
यस वित्तीय संस्थाको चुक्तापूँजी तथा जगेडा कोषमा १ अर्ब १९ करोड रहेको छ भने निक्षेप संकलन ५ अर्ब ४४ करोड तथा कर्जा लगानी ३ अर्ब ९५ करोड प्रवाह भएको छ ।
FACEBOOK COMMENTS