काठमाण्डौँ — ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजना अन्तर्गत मैलुङ–स्याफ्रुबेसी सडक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) फेरि तयार गर्नुपर्ने भएको छ ।
नेपाली सेनाले ट्रयाक खोल्ने काम गत चैत ३० मा पूरा गरी जेठ ६ गते हस्तान्तरण गरेको थियो ।
तर तयार गरेको डिपिआर प्रतिवेदन बर्खाका समयमा पहिरोले क्षति पुर्याएपछि त्यसको पुनः विवरण सङ्कलन गर्नुपर्ने भएको आयोजना प्रमुख सुबोधकुमार देवकोटाले जानकारी दिए ।
उनकाअनुसार बर्खा अघि नै डिपिआर तयार गरी विश्लेषण पश्चात ठेक्काका तयारीमा रहेको सडकको हाल दर्जनभन्दा बढी स्थानमा पहिरोले क्षति पुर्याएको छ ।
तिहारपछि फेरि सुरु गरिने डिपिआरमा पहिरोले क्षति पुगेको स्थानको मात्र लगत सङ्कलन गरिने छ ।ु
सडक विस्तार अन्तरगत आयोजनाका समग्र काम हाल ३० प्रतिशत पूरा भएको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS