काठमाडौं । भिभोले नेपालमा नयाँ स्मार्टफोन भी८० सार्वजनिक गरेको छ। जाइस पोट्र्रेट क्यामेरा, ७ हजार २०० एमएएच ब्याट्री र ९० वाट फ्ल्यासचार्ज सुविधासहित आएको फोनको सुरुवाती मूल्य एक लाख आठ हजार ९९९ रुपैयाँ तोकिएको छ।
आठ जीबी र्याम र २५६ जीबी भण्डारण क्षमताको मूल्य एक लाख आठ हजार ९९९ रुपैयाँ तथा आठ जीबी र्याम र ५१२ जीबी भण्डारण क्षमताको मूल्य एक लाख ३३ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
नोभेम्बर १ देखि ४ सम्म प्रि–बुकिङ खुला गरिएको छ। यस अवधिमा बुक गर्ने पहिलो एक हजार २०० ग्राहकलाई भिभो बड्स नि:शुल्क, दुई हजार रुपैयाँ क्यासब्याक, अगाडि तथा पछाडिको ग्लास फुट्ने जोखिमको बीमा र छ महिनाको थप वारेन्टी उपलब्ध गराइने कम्पनीले जनाएको छ।
फोनमा ५० मेगापिक्सेल जाइस सुपर टेलिफोटो क्यामेरा छ, जसले ८५ एमएम र १०० एमएम पोट्र्रेट फोकल लेन्थ सपोर्ट गर्छ। अगाडि ५० मेगापिक्सेल जाइस ग्रुप सेल्फी क्यामेरा रहेको छ। कम्पनीका अनुसार अगाडि र पछाडिका क्यामेराबाट फोरकेमा प्रतिसेकेन्ड ६० फ्रेम भिडियो खिच्न सकिन्छ।
भी८० मा १.५के ओएलईडी डिस्प्ले, १४४ हर्ज रिफ्रेस रेट र थ्रीडी अल्ट्रासोनिक फिङ्गरप्रिन्ट सेन्सर छन्। फोनको मोटाइ ७.६९ मिलिमिटर छ भने धुलो र पानी प्रतिरोधका लागि आईपी६८ तथा आईपी६९ रेटिङ रहेको छ।

ओरिजिन ओएस ७ मा सञ्चालन हुने फोनमा तस्बिरमा भएका लिखित सामग्रीलाई डिजिटल नोटमा बदल्ने र आवाजलाई लिखित रूपमा उतारेर सारांश तयार गर्ने एआई सुविधा समावेश छन्। कम्पनीले छ वर्षसम्म सहज कार्यसम्पादन र सुरक्षा अद्यावधिक उपलब्ध हुने दाबी गरेको छ।

राइज अरेन्ज र प्राइम ग्रे रङमा उपलब्ध फोन नोभेम्बर ५ देखि दराज तथा देशभरका आधिकारिक बिक्री केन्द्रबाट खरिद गर्न सकिनेछ। ग्राहकलाई १२ महिनाको शून्य प्रतिशत ब्याजदरको किस्ताबन्दी सुविधा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।
