काठमाडौं, मंसिर २ – डिजिटल वालेट ईसेवाबाट जुनसुकै बैंक खातामा १ हजारसम्मको बैंक ट्रान्सफर निःशूल्क गर्न सकिने भएको छ । यो सेवा ग्राहकहरुले दिनको १० पटक र महिनाको ५० पटकसम्म उपयोग गर्न सक्ने छन् ।
त्यस्तै ईसेवाबाट १० हजारसम्मको बैंक ट्रान्सफर (बैंक वीथड्र) गर्दा २० रुपैयाँ शूल्क लाग्ने छ । त्यस्तै २० हजारसम्मको बैंक ट्रान्सफर गर्दा ३० रुपैयाँ शूल्क लाग्ने छ ।
यसैगरी ३० हजार रुपैयाँसम्मको बैंक ट्रान्सफर गर्दा ४० रुपैयाँ शूल्क लाग्ने छ । भने ४० हजार रुपैयाँसम्मको बैंक ट्रान्सफर गर्दा ५० रुपैयाँ शूल्क लाग्ने छ ।
यस्तै ५० हजार रुपैयाँसम्म बैंक ट्रान्सफर गर्दा ६० रुपैयाँ शूल्क र एकलाख रुपैयाँसम्म बैंक ट्रान्सफर गर्दा ७५ रुपैयाँ शूल्क लाग्ने छ ।
FACEBOOK COMMENTS