काठमाडौं,मंसिर १९ – डिशहोमले सुरु गरेको डिजिटल रेट्रो इंग्लिस सांगीतिक प्रतियोगिता ‘द स्ट्रिंग’ प्रतियोगीता सम्पन्न भएको छ । यस सांगीतिक प्रतियोगीताको ग्रान्ड फिनाले मंगलबार सम्पन्न भएको थियो ।
‘द स्ट्रिंग’ को पहिलो सीजनमा शिवना श्रेष्ठ प्रथम बनिन् । त्यस्तै तुशिता मास्के र स्वोर्निम श्रेष्ठले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भए । प्रथम हुने प्रतियोगीलाई एक लाख, दोस्रो र तेस्रो हुने विजेतालाई क्रमश ५० हजार र २५ हजार नगद बराबरको चेक, डिशहोमको वार्षिक जडान र अन्य पुरस्कार प्रदान गरिएको थियो ।
दर्शकको भोटको आधारमा विजेताहरुको नाम घोषणा गरिएको थियो । निर्णायक मण्डलमा निर्वाण चौधरी, युलिया कोइराला, पेम्बा लेप्चा र सोंना अमात्य थिए ।
FACEBOOK COMMENTS