काठमाडौं, मंसिर १९ – नेपाल बङ्गलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०७७ साल मंसिर १८ गते काठमाडौं महानगरपालिका वडा नं ३२, सुविधानगरस्थित सामुदायिक विकास समितिलाई रु ३ लाख रकम हस्तान्तरण गरेको छ ।
समितिले स्थापना काल देखिनै आफ्नो क्षेत्र भित्र बाटो, दल, खानेपानी, विजुलीवत्ती, टोल सुधार मर्मत, मन्दिर निर्माण, पार्क उद्यान निर्माण तथा सरसफाईको कार्य अनवरत रुपमा गर्दै आएको छ । हस्तान्तरण गरिएको रकमले निर्माण गरेको एक सामुदायिक पुस्तकालयका लागि आवश्यक पुस्तक खरिद तथा सोहि पुस्तकालयको व्यवस्थापनका लागि उपयोग गर्नेछन् । बैंकको कमलादी स्थित प्रमुख कार्यलयमा भएको कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक श्री सलोनिका सिंह र प्रमुख संचालन अधिकृत श्री सुरेश देवकोटाद्वारा समितिका सचिव श्री हर्क बहादुर भट्टराईलाई रकम हस्तान्तरण गर्नुभएको थियो ।
साथै बैँकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिक्तामा राख्दै आएको जानकारी दिएको छ । बैँकले आफ्नो संस्थागत नारा नै “हामी सबैको बैँक” भन्ने रहेकोले सो नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवन स्थरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।
FACEBOOK COMMENTS