काठमाण्डौँ — उपभोक्ता ठगी गर्ने पम्पलाई सरकारले इन्धन वितरण नगर्ने निर्णय गरेको छ ।
पम्प सञ्चालकले मदरबोर्डमा सफ्टवेयर जडान गरी ठगी गरेको फेला परेपछि आयल निगमले इन्धन सप्लाई रोक्का गर्ने निर्णय गरेको हो ।
‘गुणस्तर तथा नापतौल विभागले गरेको अनुगमनमा नयाँ प्रविधिबाट उपभोक्ता ठगी भएको पाइएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए ।
उनले अर्को निर्देशन नभएसम्म पेट्रोलियम पदार्थ सप्लाई रोक्का गर्ने सबै कार्यालयलाई पत्राचार गरेको बताए ।
निगमले प्रादेशिक कार्यालयहरू थानकोट, पोखरा, विराटनगर, अमलेखगन्ज, भैरहवा, सुर्खेत, धनगढीलाई पत्राचार गरेको हो । यस्तै इन्धन डिपोहरूमा नेपालगन्ज, महेन्द्रनगर, दाङ, पोखरा र शाखा कार्यालयहरू वीरगन्ज, दिपायल, चारआलीलाई पनि पत्राचार गरेको भट्टराईले बताए ।
साताअघि गुणस्तर विभाग र दसैंअघि क्षेत्रीय कार्यालयहरूले गरेको अनुगमनमा पम्प सञ्चालकले नयाँ प्रविधिको प्रयोगबाट उपभोक्ता ठगी गरेको पाइएको थियो ।
– कान्तिपुर
FACEBOOK COMMENTS