काठमाण्डौँ — राष्ट्रिय चिया तथा कफी बोर्डले फ्रेस र पार्चमेन्ट प्रकारका कफीको मूल्य बढाएको छ ।
चौधौं राष्ट्रिय कफी दिवसको अवसर पारेर शनिबारदेखि लागू हुने गरी मूल्य बढेको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार फ्रेस चेरी ‘ए’ ग्रेडको प्रतिकिलो कफीमा २ रुपैयाँ बढाएर ८५ पुर्याइएको छ ।
यो कफी अर्गानिक भएको प्रमाणित हुनुपर्नेछ ।
यसैगरी सोही प्रकारको ‘बी’ ग्रेडको कफीमा पनि २ रुपैयाँ बढाएर ८० पुर्याइएको छ ।
यसका लागि अर्गानिक प्रमाणित हुनु पर्दैन ।
त्यस्तै पार्चमेन्ट कफीको हकमा प्रतिकिलो १० रुपैयाँ बढाइएको छ ।
पार्चमेन्ट ‘ए’ ४ सय २५ र ‘बी’ ग्रेड ४ सय १० पुर्याइएको छ ।
यसमा पनि ‘ए’ ग्रेड अर्गानिक प्रमाणीकरण हुनु अनिवार्य छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले कफी उत्पादन लागतको विश्लेषणका आधारमा मूल्य बढाइएको बताए ।
कफी उत्पादक संघ कास्कीका अध्यक्ष विन्दुचन्द्र बरालले मूल्य बढदा प्रत्यक्ष रूपमा किसान लाभान्वित भएको बताए ।
– कान्तिपुर
FACEBOOK COMMENTS