काठमाडौं, पुष ७ – नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले उपाध्यक्ष वामदेव गौतम र नेता रामबहादुर थापा ‘बादल’लाई कित्ता क्लियर गर्न आग्रह गरेका छन् ।
बबरमहलमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेता खनालले यस्तो आग्रह गरेका छन् । नेकपामा ओली र प्रचण्ड-नेपाल समूहको छुट्टाछुट्टै बैठक बसे पनि गौतम र बादलले आफूहरु कुनै समूहको बैठकमा नजाने अडान राखेका थिए ।
यस्तै खनालले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई पार्टी फुटाउने अपराधिक काम छाड्न आग्रहसमेत गरेका छन् । उनले भने, “भिरबाट लड्ने गाईलाई काँध थाप्न सकिँदैन । त्यसैले सच्चिएर आउनुस् । एकताबद्ध भएर अगाडि बढौं ।”
खनालले ओलीकै कारण मुलुक संकटग्रस्त अवस्थामा पुगेको आरोप लगाए ।
FACEBOOK COMMENTS