काठमाडौं, १९ पौष -ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा मनोजबहादुर न्याछ्यो विजयी भएका छन् । अर्का प्रत्यासी भरतलाल जोशीलाई पराजित गर्दै न्याछ्यों अध्यक्षमा निर्वाचित भएका हुन् ।
ललितपुर उद्योग वाणिज्य संघको ४१ औं वार्षिक सभा माझ शनिबार सम्पन्न निर्वाचनबाट न्याछ्यो सहित वरिष्ठ उपाध्यक्षमा विश्वराज बज्राचार्य, उद्योग तर्फको उपाध्यक्षमा सुशन महर्जन, वाणिज्य तर्फको उपाध्यक्षमा उसन बज्राचार्य, संस्थागत तर्फको उपाध्यक्ष विरेन्द्रलाल श्रेष्ठ, महासचिवमा रूपकमान महर्जन र कोषाध्यक्षमा भूमिनन्दन कर्माचार्य निर्वाचित भएका छन् । एशोसियट तर्फको उपाध्यक्षमा भने विधानत सदस्य कोरम नपुगेका कारण निर्वाचनबाट नेतृत्व चयन हुन सकेन ।
त्यस्तै, कार्यसमिति सदस्यतर्फ निर्वाचित हुनेमा रूपेन्द्र राज शाक्य, राजेश राज बज्राचार्य, मिलन शाक्य, आपुलाल अवाले, मुकुन्द महर्जन, सुजन बज्राचार्य, राजु महर्जन, महेश श्रेष्ठ, गुनकेशरी ताम्राकार, रमेश महर्जन, शर्मिला श्रेष्ठ, सजना श्रेष्ठ र विमला शाक्य छन् । यसअघि पूर्ण महर्जन र नविनमान श्रेष्ठ कार्यसमिति समितिमा निर्विरोध निर्वाचित भएका थिए । २२ पदका लागि भएको निर्वाचनमा ४२ जनाले उम्मेदवारी दिएका थिए ।
FACEBOOK COMMENTS