काठमाण्डौँ – जनता बैंक र नेपाल नेत्रज्योति संघबीच सम्झौता भएको छ ।
जनता बैंक नेपालका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा. तीर्थप्रसाद मिश्रले सम्झौतापत्र आदान प्रदान गरेका थिए ।
सम्झौताअनुसार यस आर्थिक वर्षमा देशको दुर्गम तथा विपन्न समुदायलाई लक्षित गरी निःशुल्क आँखा शिविर सञ्चालन गरिनेछ ।
शिविरमा मोतीबिन्दुको अपरेसन गर्नुपर्ने बिरामीको निःशुल्क अपरेसन गर्नुको साथै आवश्यक औषधि तथा चश्मा वितरण गरिनेछ ।
यस वर्ष रसुवा, रामेछाप, रोल्पा र हुम्लामा स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रम छ ।
स्वास्थ्य शिविरमा आँखा उपचारको साथै स्त्री तथा प्रसूति रोगसँग सम्बन्धी बिरामीको परीक्षण गर्नुको साथै आङखस्ने समस्या भएका महिलाहरूको निःशुल्क अपरेशनको समेत व्यवस्था मिलाइनेछ ।
FACEBOOK COMMENTS