काठमाडौं, पुस २७ – नेपाल विज्ञापन संघले यथाशिघ्र विज्ञापन बोर्डमा संघको प्रतिनिधित्वको लागि जोड्दार माग गरेको छ । संघको २१औं वार्षिक साधारण सभाको अवसरमा वरिष्ठ उपाध्यक्ष सोम प्रसाद धितालले यथाशिघ्र विज्ञापन बोर्डमा संघको प्रतिनिधित्वको लागि माग गरेका हुन् ।
यसैगरी, कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विज्ञापन वोर्डमा विज्ञापन संघको प्रतिनिधित्वि गराइने र यस क्षेत्रका समस्याहरु लिखित रुपमा जानकारी गराउन अनुरोध गरेका छन् ।
पुस २५ गते सम्पन्न कार्यक्रममा अध्यक्ष रबिन्द्र कुमार रिजालले विज्ञापन क्षेत्रमा रहेका यावत समस्याहरुको बारेमा सभालाई जानकारी गराउँदै समस्या समाधानमा विशेष पहल गरिदि अनुरोध गरे ।
संघका पूर्व अध्यक्ष भाष्करराज राजकर्णिकारले विज्ञापन व्यवसाय सम्बन्धी समस्या, चुनौति र समाधानको विषयमा उजागर गरे । कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्दै उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विज्ञापन निति आवश्यक रहेको बताए ।
२१ औं बार्षिक साधारण सभाले संघको १०औं कार्यसमितिको चयन गरेको छ । २१ औं साधारण सभाले आगामि ३ बर्षको कार्यकालको लागि सोम प्रसाद धितालको नेतृत्वमा बरिष्ठ उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष सुदिप थापा, द्वितिय उपाध्यक्ष पिताम्बर पोख्रेल, महासचिव कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्ष पंकज लाल प्रधान, सचिवसन्तोष खड्का, सह–कोषाध्यक्ष जिवन पोख्रेल, सदस्यहरुमा क्रमशः साजन श्रेष्ठ, विशाल पुरुष ढकाल, अरुणकाजी स्थापित, दिनेश पोख्रेल, कृष्ण मुरारी लामिछाने, बिधान राजभण्डारी बिजय भएका छन् । निर्वाचनमा तीन पद क्रमशः प्रथम उपाध्यक्ष, कोषाध्यक्ष, सह-कोषाध्यक्ष निर्विरोध चयन भएको छ ।

सदस्य पदमा १५ जना प्रत्यासी र वरिष्ठ उपाध्यक्ष, द्वितिय उपाध्यक्ष, महासचिव तथा सचिव पदमा २/२ जना प्रत्यासी थिए । संघको बिधानअनुसार वरिष्ठ उपाध्यक्षले वर्तमान कार्यसमितिको “एस भोट”बाट आगामि कार्यकालको लागि स्वतः अध्यक्ष रहने प्रावधान छ । संघमा आवद्ध सम्पूर्ण सदस्यले मतदान गरेका थिए ।

निर्वाचन प्रजातान्त्रिक प्रकृया मात्र भएको र जो जसको प्रत्यासि रहेपनि आगमि दिनमा सबै मिलेर विज्ञापन व्यवसायको विकास, विस्तार र प्रर्वद्धनमा नवनिर्वाचित कार्यसमितिको नेतृत्वमा संघअगाडि वढ्नुपर्ने आनका नवनियुक्त अध्यक्ष सोम प्रसाद धितालले बताए ।