काठमाडौँ, माघ ०१- सेञ्चुरी कमर्सियल बैंकको ९ औं तथा १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बुधबार साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभाले शेयरधनीहरुलाई आव २०७५/७६ को मुनाफाबाट चुक्ता पुँजी रकम रु. ८,४१,५४,७१,५७ भएकोमा ६.३० प्रतिशत मध्य ४.७५ प्रतिशत नगद लाभांश (कर सहित) र २ प्रतिशत बोनश शेयर पारित गरेको छ ।
साथै, उक्त बोनस शेयर वितरण पश्चात् हुन आउने चुक्ता पुँजी रकम रु. ८,५८,३७,८१,००० मा आव २०७६/७७ को मुनाफाबाट ५.२५ प्रतिशत बराबरको बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो । चालु आवको असोज मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८२.४२ अर्ब र कर्जा रकम रु. ६६.९३ अर्व परिचालन गरी रु. २२.०२ करोड मुनाफा आर्जन गर्न सफल भएको छ ।
साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७५र७६ र २०७६र७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाट लगायतका प्रतिवेदन पारित गरेको छ । यसैगरी रमेशकुमार निरौला, मनबहादुर राई र रणबहादुर श्रेष्ठलाई संस्थापक शेयरधनीहरुबाट संचालक निर्वाचित गरेको छ ।
FACEBOOK COMMENTS