काठमाण्डौँ — अजोड इन्स्योरेन्स लिमिटेड र वयोधा हस्पिटलबीच नगद रहित उपचार सेवा सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतामा अजोड इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री तथा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक रभी चौधरीले हस्ताक्षर गरे ।
सम्झौता अनुसार अजोड इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमालेख लिएका ग्राहकहरुले हस्पिटलमा भर्ना भई उपचार गराउनु पर्ने अवस्थामा बयोधा हस्पिटलबाट क्यासलेस अर्थात नगद रहित उपचार सेवा उपयोग गर्न पाउने छन ।
FACEBOOK COMMENTS