काठमाडौं, माघ ४ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नयाँ रेकर्ड कायम गरेको छ । साताको पहिलो दिन आज (आइतबार) नेप्सेले हालसम्मकै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड राखेको हो ।
आज नेप्से २८.४६ अंकले बढेर दुई हजार तीन सय १५ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । आज ६ अर्ब ३७ करोड ४२ लाख ६७ हजार ७८२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये हाइड्रोपावर समूह बाहेक अन्य समूह बढेका छन् ।
FACEBOOK COMMENTS