काठमाडौं, माघ ८ – बुधबारदेखि सुरु भएको एशियन कोअपरेशन डाइलगमा नेपाल उद्योग वाणिज्य महासंघले सहभागिता जनाएको छ।
उद्योग वाणिज्य संघहरूको पहिलो भर्चुअल अन्तराष्ट्रिय सम्मेलनमा सदस्य राष्ट्रहरूको परराष्ट्र मन्त्रिस्तरीय संयन्त्रको सत्रौं बैठकमा नेपाल उद्योग वाणिज्य महासंघको सहभागिता रहेको थियो।
बैठकमा महासंघको तर्फबाट महासंघको द्विराष्ट्रिय तथा एनआरएन समन्वय फोरमका सभापति एवं महासंघको कार्यकारिणी समितिका सदस्य ई. देश बन्धु बस्नेत(अजित)ले भाग लिएर सम्बोधन गरेका थिए।
मन्त्रिस्तरीय बैठकको साइडलाइन बैठकको रुपमा यूनियन अफ चेम्वर्स अफ कमर्स एण्ड कमोडिटी एक्सचेन्ज अफ टर्कीले आयोजना गरेको पहिलो भर्चुअल अन्तराष्ट्रिय सम्मेलनमा नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै सहभागी हुन नेपाल सरकार परराष्ट्र मन्त्रालय मार्फत् महासंघलाई आमन्त्रण भएको थियो।
राउण्ट टेवल बैठकमा नेपालको प्रतिनिधित्व गर्दै सभापति वस्नेतले एशियाका मूलुकहरु बीच यातायात संयन्त्रको विकास, नीतिगत एकरुपताको आवश्यकतामा जोड दिँदै नेपालमा व्यवसाय तथा लगानीका सम्भावना तथा आकर्षण बारे उल्लेख गरेका थिए।
FACEBOOK COMMENTS