काठमाडौं, माघ १८ – बिजुलीको महसुल ५ सय रुपैयाँभन्दा बढी उठ्ने ग्राहकले भुक्तानी गर्दा सर्भिस चार्ज ५ रुपैयाँ लाग्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको बैठकले ५ सय रुपैयाँभन्दा बढी बिजुलीको महसुल भुक्तानी गर्दा ५ रुपैयाँ सर्भिस चार्ज लाग्ने निर्णय गरेको हो ।
तर, ५ सय रुपैयाँसम्म बिजुलीको महसुल हुने ग्राहकले अनलाइन प्रणालीमार्फत भुक्तानी गर्दा भने शुल्क लाग्दैन । ग्राहकले आफ्नो मोबाइल बैंकिङमार्फत वा अनलाइन सेवामार्फत बिजुलीको महसुल भुक्तानी गर्दा सर्भिस चार्जबापत ५ रुपैयाँ लाग्ने निर्णय भएको हो ।
अनलाइनमार्फत बिजुलीको भुक्तानी गर्ने ग्राहकलाई दृष्टिगत गरी ५ सय रूपैयाँभन्दा महसुल हुने ग्राहकले सर्भिस चार्जबापत थप ५ रुपैयाँ चार्ज लाग्ने गरी निर्णय भएको प्राधिकरणले जाकारी दिएको छ ।
अर्थ मन्त्रालय र राष्ट्र बैंकले दिएको गाइडलाइनमार्फत सर्भिस शुल्क लिने निर्णय भएको हो । अहिले ५ सय रुपैयाँभन्दा बढी महसुल तिर्ने ग्राहक २० लाखभन्दा बढी छन् । यो निर्णयसँग छिट्टै नै सर्भिस शुल्क लाग्ने निर्णय लागू हुने भएको छ ।
FACEBOOK COMMENTS