नेपालमा आफु पनि केहि नगर्ने अरुले गरेको देखि नसक्ने प्रब्रित्ती हावी छ । गफ हाकेको भरमा गुजारा चलाउने सोच बोक्ने त्यस्ता व्यक्ति र समुहले विभिन्न समयमा व्यापारिक प्रतिष्ठानको हुर्मत काडदै अराजकता निम्त्याउदै आउने गरेको कहि कतै छिपेको छैन ।
त्यस्तै कोपभाजनको शिकार बनेको छ फेसियल हाउस । पछिल्लो समय फेसियल हाउसलाई बदनाम गराउन केही व्यक्तीहरु सामुहिक रुप मै लागिरहेको देखिन्छ । काम गरेर खाउ भनेर विश्वासका साथ काममा खटाएको कर्मचारी गैर जिम्मेवार भईदिदा एकातर्फ कम्पनीको कार्ययोजनामा बाधा उत्पन्न भएको छ भने अर्को तर्फ अनर्गल प्रचार बाजीको शिकार बन्नु परेको छ । जसका कारण फेसियल हासकी सञ्चालिका सुस्मा महरालाई उल्टै टाउको दु:खाई बन्न पुगेको छ ।
हेटौडा निवासी मुकेश पाडेले २०७५ साल फाल्गुण ५ गते दुइलाख एडभान्स समेत लिएर पोखरा ब्राच सम्माल्छु भन्दै हिडे तर पोखरामा गाजा खाएर रल्लिने र महिला स्टाफलाई यौन दुर्व्यवहार गरेको भन्ने गुनासो आउन थाले पछि महराले आफ्नो कम्पनीकै बेईज्जत हुने ठानेर काठमाडौं ब्राचमा नै काम लगाएर राखिन ।
महराका अनुसार मुकेशले काठमाडौं ब्रान्चमा पनि काममा नै नआई कहिले भाई मर्यो , कहिले जग्गाको मुद्धा छ भन्ने वाहानामा काममा नै नआउने गरेका थिए । तर पछील्लो केहि महिना लगातार आएर काम गर्न थाले । उनी भन्छिन् ’उसको नियत अर्कै रहिछ माघ १३ गतेमात्र थापायौ, फेसल हाउसमै काम गर्ने अन्य स्टाफहरुबाट ७ हजार उठाउदै ट्रेनिङ दिदै ट्रेनिङ सकिएपछी ४० ,५० हजारको जागीर लगाई दिन्छु भनेर लगिरहेको रहेछ’ ।
महराले थप्दै भनिन ’यस पछि हामीले तुरुन्तै स्पस्टीकरण लिएर एडभान्स बापतको रकम फिर्ता गर्न र हरहिसाब फरफारक गर भनेर सुचना नै जारी गर्यौ, तर उल्टै मिडिया वाजिगर्ने कार्यगरी रहेको छ’ । ‘जुन प्रयोजनका लागि रकम लिएको हो सो प्रयोजनका लागि काम गर्न नसकेपछि मुकेश पाण्डेले कागज गरेर लगेको पैसा फिर्ता गर्नुपर्छ कि पर्दैन ? तपाईं नै भन्नुस्’ महराले आफ्नो कुरा राख्दै भनिन । अब आफु कानुनी उपचारमा जाने पनि उनले बताईन् ।
FACEBOOK COMMENTS