काठमाडौँ, माघ २२ – माछापुच्छ्रे बैंकले कावासोती नगरपालिका वडा नम्बर १५ मा १५३औं शाखा रहित बैंकिङ सेवा बिस्तार गरेको छ । कावासोती १५ मा खोलिएको उक्त सेवाको व्यवसायिक प्रतिनिधि रिङ्कुदेवि पोखरेल रहेकी छिन् ।
कावासोती नगरपालिकाका उप मेयर प्रेमशंकर मर्दनिया समेतको उपस्थितिमा सेवा बिस्तार गरिएको बैंकका कावासोती शाखा प्रबन्धक शेषराज पोखरेलले जानकारी दिए ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेश उपाध्यक्ष ओमप्रसाद पौडेल, कावासोती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरी, नवलपुर उधोग बाणिज्य संघ नवलपुरका अध्यक्ष डासुराज पोखरेल, नवलपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति उपाध्यक्ष शोभित शर्मा, कावासोति नगरपालिका १५ न वडा अध्यक्ष देव नारायण महतो, १७ नम्बर अध्यक्ष छविलाल महतो, अमलटारी मध्यवर्तीका अध्यक्ष केदारनाथ घिमिरे सहित स्थानीय संघसस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कावासोती शाखाको मातहतमा ७ वटा शाखा रहित बैंकिंङ सेवा संचालनमा रहेको बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS