काठमाडौँ — नेपाल स्टक एक्सचेञ्जले सञ्चालनमा ल्याएको पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीमा देखिएको समस्या समाधान भएको छ ।
गत कात्तिक २० गतेदेखि सञ्चालनमा ल्याइएको यो प्रणालीमा केही प्राविधिक समस्या देखिएका थिए ।
स्टक, धितोपत्र दलाल व्यवसायी र प्रणाली निर्माणकर्ता कम्पनीको समन्वयमा समस्या समाधान भएको स्टकका प्रवक्ता मुरहरि पराजुलीले बताए ।
उनले नयाँ प्रणाली सञ्चालनमा ल्याउँदा केही जटिलता देखिएको भए पनि ती सबै समस्या समाधान भएको जानकारी दिए ।
धितोपत्र दलाल व्यवसायी तथा लगानीकर्ताले इन्टरनेटको माध्यमबाट धितोपत्रको खरीदरबिक्री आदेश प्रविष्ट गर्न मिल्ने प्रणाली सञ्चालनमा ल्याइएको थियो ।
— कारोबार
FACEBOOK COMMENTS