काठमाडौँ — त्रिभुवन विश्वविद्यालय अन्तर्गत मानवशास्त्र केन्द्रीय विभागका तत्कालिन प्रमुख प्रा.डा लयप्रसाद उप्रेतीले नियम विपरित १३ करोड रुपियाको परियोजना संचालन गरेको खुलासा भएको छ ।
विभागीय प्रमुखको हैसियतमा रहदा त्रिवि कार्यकारी परिषदको स्विकृत नलिइ युएसएआइडी र त्रिविको लोगो प्रयोग गरेर पदको दुरुपयोग गरेका छन ।छन् ।
उपे्रतीले आफु प्रमुख रहदा ‘अ स्टडी अन स्टेट अफ सोसियल इन्क्लुजन इन नेपाल‘ तीन वर्षे परियोजना सम्झौता गरेका थिए ।
त्रिविको लोगो प्रयोग गरी विवादमा तानिएपछि प्राडा उपे्रतीले राजिनामा दिएका छन ।
यसैबीच त्रिविले प्राडा अमरराज जोशीको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेको छ ।
समितिमा त्रिवि अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक,प्राडा निलमकुमार शर्मा, शिक्षाशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक अवतार सुवेदी र प्रमुख कानुनी सल्लाहकार सदस्य रहेका छन ।
— नागरकि
FACEBOOK COMMENTS