काठमाण्डौँ — सल्यान–ज्योति विकास बैंक लि.ले सल्यान जिल्लाको कपुरकोटमा नयाँ शाखा संचालनमा ल्याएको छ ।
कपुरकोट गाउँपालिका वडा नं ३ सल्यानमा रहेको नयाँ शाखा औपचारिक रुपमा कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेन तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले उद्घाटन गरे ।
हाल बैंकले ८० वटा शाखा कार्यालय तथा २२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ
यसै आर्थिक वर्ष भित्र थप १० वटा नयाँ शाखा तथा थप २७ स्थानमा ATM संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।
FACEBOOK COMMENTS