तनहुँ /म्याग्दे गाउँपालिकाकाे आयाेजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गतकाे उधमशिलता विकास तालिम विहिवार सम्पन्न भएकाे छ । म्याग्दे गाउँपालिका वडा न ४ मा संचालित साे तालिममा ४२ जना उद्यमी सहभागी भएका थिए । म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना , उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेका थिए । प्रमाणपत्र वितरण गर्दै गाउँपालिका अध्यक्ष मायादेवी रानाले लघु,घरेलु तथा साना उद्यमी सृजनाका लागि उद्यमशिलता विकास र सीप विकास तालिम प्रभावकारी हुने बताईन । अध्यक्ष रानाले लघु घरेलु तथा साना उद्योगको विकास र विस्तार अहिलेकाे आवश्यकता रहेकाले सीप सिकेर व्यवसाय गर्न दिगाे आर्थिक विकास हुने धारणा व्यक्त गरिन ।
म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले स्वराेजगार बन्ने गरि सीप सिक्न सहभागीलाई आग्रह गरे । ‘स्थानिय कच्चा पदार्थमा आधारित सीप सिक्दा उद्यमीले सीप विकास तालिम पश्चात् व्यवसाय गर्न सक्नेछन्’ उपाध्यक्ष घिमिरेले भने । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमबाट गाउँपालिकामा नयाँ उद्यमी सृजना गर्न उद्यमशिलता विकास तालिम कार्यक्रम निकै प्रभावकारि हुने प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले बताए । ‘लघु, घरेलु, तथा साना उद्योग संचालन गर्न सीप सिके पश्चात कम लगानीमा घर घरमै उद्योग संचालन गर्न सकिने भएकाले उद्यमीको चाहना अनुसार कुसल प्रशिक्षकबाट सीप सिकाई उद्यमी सृजना गर्नेछाै’ प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भने ।
वडा नं ४ का वडा सदस्य वदिका घिमिरेकाे सभापतित्वमा सम्पन्न साे कार्यक्रममा वडा नं ४ का अध्यक्ष प्रेम बहादुर थापा, शुष्मा नागिला, पवन कुमार तिवारी लगायतकाले व्यवसाय सचालनका लागि उधमशिलता तालिमले उद्यमी सृजनाका लागि महत्वपूर्ण भुमिका खेल्ने धारणा व्यक्त गरे । त्यस्तै, उद्योग विकास शाखा प्रमुख प्रदिप न्याैपानेले उद्यमशिलता तालिम लिएकालाई सिपविकास तालिममा सहभागी गराईने बताए । गाउँपालिकामा यस वर्ष नयाँ उद्यमी ९० र स्तराेउन्नति ५० गरि १ सय ३० उद्यमी सृजना गर्ने लक्ष्य रहेकाे न्याैपानेले जानकारी समेत दिए ।
FACEBOOK COMMENTS