काठमाडौं, फागुन ५ – सुरुमा लगानी नगरी भ्यु सीएस२एल भ्यान किन्न पाइने भएको छ।
फोटोनको लागि नेपालको आधिकारिक वितरक एमएडब्लु वृद्धिले नेपालमा भर्खरै सार्वजनिक गरेकाे भ्यु सीएस२एल भ्यानमा १०० प्रतिशत फाइनान्सिङको अफर ल्याएको हो।
नेपालको पहिलो र एक मात्र १८–सिटे यो भ्यान एमएडब्लु वृद्धिले विभिन्न फाइनान्सिङ पार्टनरहरुसँग सहकार्य गरेर यस्तो सुविधा दिएको हो। यसको थप तीन वटा सिटले गर्दा दुई गुणा बढी आम्दानी हुन्छ।
यो सुविधा उपभोग गर्ने ग्राहकले अधिकतम ७ वर्षको ऋण अवधि पाउने कम्पनीले जनाएको छ।
आईएसएफ २.८ लिटरको इन्जिन भएको भ्यानमा डुअल एअरब्याग, इबीडीसहितको एबीएस, फोल्डेबल सिट, क्यामेरासहितको रिभर्स सेन्सर, सेन्ट्रल लकिङ, चाइल्ड सेफ्टी लक, सिट बेल्ट वार्निङ, फ्रन्ट फगल्याम्प, डेर रनिङ लाइट जस्ता बेस्ट इनक्लास फिचर छन्।
फोटोन मोटर ग्रुप संसारकै अग्रणी अटोमोबाइल कम्पनी हो। जसले ट्रक, बस, एसयुभी र कृषिजन्य मेसिनहरु उत्पादन गर्छ।
सन् १९९६ मा स्थापना भएको फोटन मोटर ग्रुपका उत्पादन एक सय १० मुलुकमा उपलब्ध छन्। विश्वका २७ वटा स्थानमा एसेम्ब्ली प्लान्ट छन् । यो गाडीको मूल्य ७२ लाख रहेको कम्पनीले जानकारी दिएको छ।
FACEBOOK COMMENTS