काठमाडौँ ,११ फागुन- अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले २.४ मेगावाट जलविद्युत् आयोजनाको शेयर निष्काशनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
उक्त परियोजना लमजुङ्ग जिल्लाको मस्र्याङदी गाउँपालिकामा अवस्थित छ । अप्पर स्याङ्गेका अध्यक्ष वीरबहादुर घलेले परियोजना कोभिड-१९ को प्रभावको बाबजुत बजेट भित्रै रही यथाशिघ्र नै निर्माण सम्पन्न हुने जानकारी दिए ।
यस परियोजनामा कृति भेन्चर फ्mण्ड, भेष्ना भेन्चर फ्mण्ड र व्याक्तिगत लगानिकर्ताहरुले लगानि गरेका छन् । माछापुच्छ्रे्े कृति क्यापिटल लिमिटेडले (पहिलेको कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट लिमिटेड) यस परियोजनाको स्थापनाकाल देखि नै संस्थागत परामर्शका रुपमा सेवाहरू प्रदान गर्दै आएको छ । साथै यस परियोजनाका लागि आवश्यक ऋण साझेदारका रुपमा प्राइम कमर्शियल बैंकले काम गरिरहेको छ ।
FACEBOOK COMMENTS