काठमाण्डौ, फागुन १५- कांग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्यमा सुधार भएको छ । जोशीका दाहिने तिरको हातखुट्टा चल्न थालेको महशुस गरिएको नर्भिक अस्पतालका डा.राजिव झाले जानकारी दिए ।
हिजो देखि स्वास्थ्यमा गम्भीर समस्या भएर अस्पताल पुर्याइएका जोशीको श्वावप्रश्वासमा सुधार आएको झाले जानकारी दिए ।
जोशीलाई बिहीवार राति १२ बजेतिर बाँया शरीरमा समस्या देखिएको थियो । राति परिवारले वीर अस्पताल पुर्याइएकोमा चिकित्सकले जोशीलाई नर्भिक अस्पताल रिफर गरेका थिए । नर्भिक अस्पतालमा टाउकोको सामान्य शल्यक्रिया पछि जोशीको स्वास्थ्य स्थिर रहेको थियो
FACEBOOK COMMENTS