काठमाडौँ :प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण देश भइसकेको दाबी गरेका छन् । सरकार र नेकपा विप्लव समूहबीच भएको सहमति पत्रमा हस्ताक्षर गर्दै ओलीले शान्तिपूर्ण वातावरणका साथअघि बढेको बताएका हुन् ।
‘अमेरिका, चीन, भारत भन्दा नेपाल शान्तीको मापदण्डमा अघि बढेको छ,’ उनले भने, ‘यसअघि नै नेपालको शान्तिको स्थिती प्यारामिटर माथि थियो । अब संयुक्त राष्ट्र संघले भरे कस्तो तथ्यांक ल्याउने हो ?’ उनले विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउनु सेफ ल्याण्डिङ भएको पनि बताए ।
‘जोसुकैले आफ्नो कार्यकर्तालाई एउटा दिशामा हिडिरहेको बाटोबाट अर्को मोड्न सक्दैन,’ उनले भने, ‘यो सेफ ल्यान्डिङ हो । क्रयास ल्यान्डिङ होइन ।’
FACEBOOK COMMENTS