काठमाडौँ,२१ फागुन- नेकपा उपाध्यक्ष वामदेव गौतमलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साझ भैंसेपाटीस्थित पुगेका छन् ।प्रचण्ड–माधव पक्षले नेकपा विभाजनको कानुनी मान्यताका लागि निर्वाचन आयोगलाई ताकेता गरिरहेका बेला पार्टी एकताको अभियान चलाइरहेका गौतमलाई भेट्न ओली भैंसेपाटी पुग्नुलाई राजनीतिक रुपमा अर्थ पूर्ण रुपले हेरिएको छ।
गौतम घरभित्रै लडेर सामान्य चोपटक लागेको खबर पाएपछि प्रधानमन्त्री ओली स्वास्थ्यस्थिति बुझ्नका लागि भैंसेपाटी गएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ।
FACEBOOK COMMENTS