काठमाडौँ, फागुन २५ –ललितुपर मेयर कप महिला टी–२० क्रिकेट प्रतियोगिता चैतमा आयोजना हुने भएको छ।ललितपुरमा पत्रकार सम्मेलन गर्दै ललितपुर महानगर र नेपाल क्रिकेट संघ (क्यान)बीच चैतमा ललितपुर मेयर कप गर्ने सम्झौता सम्पन्न भएको हो।
मेयर कपका लागि ललिपुरले क्यानलाई २० लाख रकम उपलब्ध गराउने भएको छ। सम्झौतापत्रमा हस्ताक्षर गर्दै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले महिला क्रिकेटलाई प्रवद्र्धन गरेकोमा ललितपुर महानगरलाई धन्यवाद व्यक्त गरेका छन्।
‘हामीले ललितपुरलाई सहयोग मागेलगत्तै सहयोग भएको छ। यसले महिला क्रिकेटको विकासमा थप विकास पुग्नेछ,’ उनले भने, ‘काठमाडौं मेयर कप जस्तै महिला पीएम कपको सेमीफाइनलमा पुगेको चार टिम र बाँकी टिमका उत्कृष्ट खेलाडी छनोट गरेर पाँच टिम बनाएर ललितपुर मेयर कप गराउने भएका छौं’
यससँगै ललितपुरमा महिला कप क्रिकेटमा विभागीय टिम एपीएफसहित तीन प्रदेशिक टिम प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम छन्। बाँकी एक टिम भने पीएम कपमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीले सहभागिता जनाउनेछन्। सम्झौतापछि ललितपुरका मेयर महर्जनले क्रिकेट जानकार नभए पनि महानगरले खेलकुदमा सहयोग गर्दै आएको बताएका छन्। क्रिकेटका अलावा फुटबल टिमलाई पनि सहयोग गरेको बताएका छन्।
FACEBOOK COMMENTS