काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरुले निजी क्षेत्रमा लगानी बढाएका छन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रले निजी क्षेत्रमा करिब १९.९ प्रतिशतले कर्जा बढाएको बताएको हो ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १७.१ प्रतिशतले बढेको थियो ।
निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह १९.९ प्रतिशत, विकास बैंकहरुको २०.६ प्रतिशत र वित्त कम्पनीहरुको १४.३ प्रतिशतले बढेको राष्ट्र बैंकले बताएको छ ।
तर बैंकहरुले भने अनुत्पादक क्षेत्रमा नै बढी लगानी गर्ने गरेको पाइएको छ । उत्पादनशील क्षेत्रमा तोकिएको २५ प्रतिशत पनि पुर्याउन नसकेका बैंकहरुले ११ महिनामा रियल स्टेट कर्जामा मात्रै १५ ले बढाएको राष्ट्र र्बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS