काठमाडौं, चैत ४ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सबै वितण्डाका निम्ति एमाले अध्यक्ष केपी शर्मा ओली नै जिम्मेवार रहेको बताएका छन्। बुधबार सानेपामा आयोजित आफू पक्षीय भेलालाई सम्बोधन गर्दै नेपालले आजको स्थिति उत्पन्न हुनुमा अरु कोही नभएर ओली नै कारक रहेको बताए।
ओलीजी नै सबै कामका निम्ति, सबै बितण्डाका निम्ति, यो सबै अवस्थाका निम्ति, पार्टीभित्र विग्रहका निम्ति जिम्मेवार हुनुहुन्छ। यसका निम्ति एक भारी तथ्य र प्रमाण छन्’, नेपालले भने।
उनले आफूहरूले भेला हुन नदिने गलत सूचना फैलाइएको पनि बताए। ‘नेकपा हुँदा मात्रै साइबर स्याल होलान् भनेको त, एमाले हुँदा पनि रहेछन्।भेला नहुने भनेर योगेश भट्टराईको नाममा नक्कली प्रचार गरेछन्। साइबर स्यालबाट बच्नुपर्छ। फेरि पनि साइबर स्यालले फेक सूचना फैलाउन सक्छन्’, उनले थपे।
ओलीलाई इमान्दार कार्यकर्ताको नभइ भजनमण्डलीको चाहना रहेको नेपालको टिप्पणी छ। माओवादीसँग एकता गर्दा केन्द्रीय कमिटीमा ल्याउन लागिएका आफ्ना पक्षका दुई जना व्यक्तिको नाम ओलीले हटाइको नेपालले स्मरण गरे।
FACEBOOK COMMENTS