काठमाण्डौं– विकास बैंकहरुले बचतमा सात प्रतिशत र मुद्धतिमा १० प्रतिशतभन्दा बढी व्याज नदिने सहमति गरेका छन् ।
शुक्रबार दिउँसो बसेको डेभलपमेन्ट बैंकर्स एशोसिएसनको बैठकले उक्त भद्र सहमति गरेको हो ।
नेपाल राष्ट्र बैंकको निर्देशनमा वाणिज्य बैंक र फाइनान्स कम्पनीहरुले व्याजदर घटाइसकेका छन् ।
नेपाल राष्ट्र बैंकको निर्देशनमै नेपाल बैंकर्स संघले बिहीबार बैठक बसेर ब्याजदर घटाउने भद्र सहमति कायम गरेको थियो भने वित्त कम्पनी संघले शुक्रबार नै बैठक बसेर व्याजदर घटाएका थिए ।
FACEBOOK COMMENTS