काठमाडौं, चैत २७ – अब जीन एक्सपर्ट विधिबाट कोरोना भाइरस परीक्षण हुने भएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट जीन एक्सपर्ट विधिमार्फत् कोरोना परीक्षण हुने भएको हो ।
बिहान ९ देखि बेलुका ७ बजेसम्म जीन एक्सपर्ट विधिबाट परीक्षण गरिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।
प्रयोगशालाले जारी गरेको सूचना अनुसार यो विधिबाट परीक्षण गरिएको नमुनाको रिपोर्ट तीन घण्टामा आउने छ । प्रयोगशालाले छिटो रिपोर्ट चाहिनेका लागि भन्दै यो विधिबाट कोरोना परीक्षण सेवा सुरु गरेको हो ।
FACEBOOK COMMENTS