काठमाडौं – ३९ वटा बीमा कम्पनी र बीमा समितिको संयुक्त लगानीमा बीमा तालिम ईन्स्टीच्युट नेपाल खुलेको छ । बीमा समितिको अध्यक्ष चिरञ्जीवि चापागाईले आइतबार उक्त तालिम ईन्स्टीच्युटको उद्घाटन गरेका छन् ।
एक करोड रुपैयाँ पुँजी लगानी गरेर शुरु गरिएको उक्त इन्स्टिच्युत हाल बीमा समितिको कार्यालय परिसरमा नै राखिएको छ ।
नयाँ इन्स्टिच्युटको अध्यक्ष बीमा समितिका निर्देशक राजुरमण पौडेल भएका छन् भने प्रमुख कार्यकारी अधिकृतमा भोजराज शर्मा नियुक्त भएका छन् ।
बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभावको समस्या उत्कर्षमा पुगेपछि बीमा समिति र बीमा कम्पनीहरुको संयुक्त लगानीमा तालिम केन्द्र सञ्चालन गरिएको हो ।
FACEBOOK COMMENTS