काठमाडौँ — हरेक महिना करिब ४ सय कर्मचारीले विदेश भ्रमण गरिरहेको पाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार चालु आर्थिक वर्षका चार महिना (साउन, भदौ, असोज र कात्तिक) मा मात्रै १ हजार ५ सय ७६ कर्मचारीले विदेश भ्रमण गरे ।
यिनमा सबभन्दा बढी उच्च तहका कर्मचारी छन् ।
प्रधानमन्त्रीले महत्त्वपूर्ण कार्यक्रम/सम्मेलनमा मात्र विदेश भ्रमणको अनुमति दिन सचिवहरूलाई निर्देशन दिए पनि कतिपय मन्त्रालयका सचिवहरूले आफू निकटका कर्मचारीलाई पटक–पटक विदेश भ्रमणको छुट दिने गरेको पाइएको छ।
पहिलो चौमासिकमा (साउदेखि कात्तिकसम्म) विभिन्न मन्त्रालयका २५ सचिवले विदेश भ्रमण गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव विनोदबहादुर कुँवरले बताए।
— कान्तिपुर
FACEBOOK COMMENTS