काठमाडौं, वैशाख २ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री गुरुङ विरुद्ध प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । अविश्वास प्रस्तावसँगै प्रदेशसभा बैठक आह्वानका लागि समावेदन पनि गरिएको छ ।
अविश्वास प्रस्तावमा मुख्यमन्त्री गुरुङलाई हटाएर नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई प्रस्ताव गरिएको छ ।
FACEBOOK COMMENTS