काठमाडौं, वैशाख १० । सरकारले आजदेखि पशुपतिनाथको मन्दीरमा दर्शन गर्न नमिल्ने व्यवस्था गरेको छ । विश्वव्यापी रुपमा बढीरहेको कोरोना भाइरको नयाँ भेरियन्टका कारण पशुपतिनाथमा दर्शन गर्न रोक लगाइएको हो ।
नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिरहेको छ । जसकारण, आजदेखि अनिश्चितकालका लागि पशुपतिमा सर्वसाधारणलाई पूजा गर्न र दर्शनमा रोक लगाइएको छ ।
विहीबार पशुपति क्षेत्र विकास कोषले एक सूचना जारी गर्दै सर्वसाधारणलाई जानकारी दिएको हो । यद्यपी, पशुपतिनाथको मन्दीरमा नित्य पूजा भने निरन्तर चल्ने बताइएको छ ।
खासगरी, मन्दीरबाट कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भएकाले पूजाआजा रोक लगाइएको कोषले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS