काठमाडौं, वैशाख १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना नियन्त्रणमा ध्यान दिन आग्रह गरेका छन् ।
उद्घाटन, शिलान्यास र पार्टी विवादलाई थाती राखेर कोरोना महामारी नियन्त्रणमा ध्यान दिन उनले प्रधानमन्त्री ओलीलाई सुझाव दिएका हुन् । उनले आज आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीलाई यस्तो सुझाव दिएका हुन् ।
‘कोरोना अनियन्त्रित र विकराल बन्दैछ,’ उनले लेखेका छन्, ‘यस अवस्थामा जनता स्वयं प्रमबाट सरकारले गरेका प्रयास र योजनाबारे सुन्न बुझ्न चाहन्छन्, दुःखको बेला जनता भरोसा खोजिरहेछन् ।’
FACEBOOK COMMENTS