काठमाडौं, वैशाख १६ – बीमा समितिले नयाँ पुनर्बीमा कम्पनी खोल्ने सम्बन्धमा प्रस्ताव आह्वान गरेको छ । समितिले आज बिहीबार एक सूचना जारी गर्दै थप एक पुनर्बीमा कम्पनीको लागि प्रस्ताव आह्वान गरेको हो ।
समितिले पुनर्बीमा व्यवसायलाई बढी प्रतिस्पर्धी, प्रभावकारी र क्षमतायुक्त बनाउन आवश्यक रहेको जनाउँदै निजी क्षेत्रको लगानीमा थप एक पुनर्बीमा कम्पनीको स्थापनाको कार्य अघि बढाएको जनाएको छ ।
योसंगै नेपालमा थप नयाँ पुनर्बीमा कम्पनी सञ्चालनमा आउने निश्चत भएको छ । अहिले पुनर्बीमा कम्पनीको रुपमा नेपाल पुनर्बीमा कम्पनी मात्रै सञ्चालनमा छ ।
निजी क्षेत्रबाट काठमाडौं रि, अन्नपुर्ण रि, प्रुडेन्सियल रि नामका नयाँ पुनर्बीमा कम्पनी सञ्चालनको तयारी समेत भइरहेको छ । समितिको आव्हानसँगै यिनैमध्ये एकले सञ्चालनको लागि अनुमति पाउन सक्ने देखिन्छ ।
FACEBOOK COMMENTS