शनिवार काठमाडौंको सडकको अवस्था र अस्पतालहरूको अवलोकन गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी र महानगरपालिकाका मेयर विद्याशुन्दर शाक्यसहित सुरक्षाकर्मीको टोलीले कोराना संक्रमितको उपचारका लागि थप बेड तयार पार्न अस्पतालहरूको पनि अवलोकन गरेको छ ।
काठमाडौंको वीर अस्पतालको ५ सय शैयाको नयाँ अस्पताल भवनको अवलोकन गरेको छ । सो अस्पतालमा बेड राखेर तत्काल सञ्चालन गर्न सकिने अवस्थामा रहेको पराजुलीले जानकारी दिए । यस्तै काठमाडौंमा निजी क्षेत्रले चलाएको गोर्खा अस्पतालमा पनि कोभिड वार्ड बनाउनका लागि अवलोकन गरेको उनले बताए ।
अस्पतालहरुमा कोभिडका बिरामीको अत्यधिक चाप परेको र बेड मिलाइदिन भन्दै फोन आउने गरेका कारण बेड थप गर्नका लागि अनुगमन गरेको उनले बताए ।
सामाखुसीमा रहेको राधा स्वामीमा तत्काल कोभिड वार्ड बनाउने योजना रहेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए । त्यहाँ अक्सिजन सहितको ८८ बेड, आइसोलेशन सहितको ९६ बेड तयार भइरहेको छ ।
वीर अस्पतालमा भवन बनेको र भौतिक पूर्वाधार पनि रहेकोले त्यसलाई पनि नयाँ कोभिड वार्ड बनाउनेबारे छलफल भएको उनले बताए । स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर काठमाडौं महानगरपालिकाले कोभिड वार्ड तयार गर्ने तयारी थालिएको हो ।
क्षेत्रपाटीमा बन्द अवस्थामा रहेको गोर्खा अस्पताललाई पनि महानगरपालिकाको संयोजकत्वमा कोभिड उपचारका लागि सञ्चालनमा ल्याइने प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए ।
उनले भने, ‘स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर खाली रहेका अस्पतालाई कोभिड अस्पताल बनाउने प्रक्रिया अघि बढाइरहेका छौँ । बिल्डिङ बनाउनुपरेन, बेड थपेमात्र पुग्ने भएकोले सहजपनि हुन्छ ।’
उपत्यकामा कहाँ कहाँ खाली अस्पताल छ खोजेर त्यसलाई स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर कोभिड उपचार बेड बिस्तार गर्दै लैजाने उनले बताए ।
FACEBOOK COMMENTS