काठमाडौं, वैशाख २२ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना भाइरस संक्रमण देखिएको छ ।एन्टिजेन विधिबाट कोरोना परिक्षण गराउँदा मुख्यमन्त्री गुरुङ्गमा कोरोना पोजेटिभ देखिए हो । मुख्यमन्त्री गुरुङ्ग टाउको दुखेपछि कोरोना परिक्षण गराएका थिए ।मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेमा संक्रमण देखिएपछि मुख्यमन्त्री गुरुङ कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । न्यौपाने पनि विगत ३ दिनदेखि होम आइसोलेसनमा छन् ।
पछिल्ला दिनहरुमा गुरुङ्ग लगातार संवादमा रहेका छन् । केही दिनअघि मात्र उनी काठमाडौंमा प्रधानमन्त्री ओलीलाई भेटेर फर्केका थिए ।
FACEBOOK COMMENTS