दाङ, वैशाख २८ – तुलसीपुर कोरोना आइसोलेशन अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचार शुरू भएको छ । अक्सिजनसहितको ५० शैय्याको अस्पतालको सम्पूर्ण तयारी पूरा भएपछि सोमबार राति पौने ११ बजेदेखि सेवा सुभारम्भ भएको हो ।
अस्पतालमा पहिलो दिन तुलसीपुर उपमहानगरपालिका–८ र तुलसीपुर उपमहानगरपालिका –६ निवासी दुई जना कोरोना संक्रमित बिरामी भर्ना भएका छन् । निरन्तरको मेहनत र संघर्षपछि तुलसीपुर कोरोना आइसोलेसन अस्पताल सञ्चालनमा आएको तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।
अस्पतालमा सेवा सुचारु भएसँगै नगरप्रमुख पाण्डेले एक प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालमा सञ्चालनमा विभिन्न तह र क्षेत्रबाट सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेका छन् ।
FACEBOOK COMMENTS