काठमाडौं, वैशाख २९ । पूर्वप्रधानमन्त्री एंव जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्राईले राष्ट्रिय सरकार बनाउन आह्वान गरेका छन् ।
उनले माइक्रोब्लग सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘वर्तमान र पूर्व प्रधानमन्त्री बाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं ।’
यसो गरे अहिलेको राष्ट्रिय राजनीतिक संकट पार लाग्ने डा. भट्टराईको टिप्पणी छ । योसहित उनले राजनीतिक संकट हल गर्ने अन्य तीन वटा उपाए दिएका छन् ।
यस्तै, दलका प्रमुख÷पूर्व प्रमुख समेतको निर्देशक समिति बनाएर पनि राजनीतिक संकट हल गर्न सकिने उनले बताएका छन् । यसैगरी पीसीआर परिक्षणको दायरा बढाएर कोभिड नियन्त्रण गर्नुपर्ने, मुद्दा र संविधान संसोधन गर्न पर्ने समेत बताएका छन् ।
यी कुनै पनि उपायले राजनीतिक संकट पार नलगाए आगामी एक वर्ष भित्र चुनाव गर्नुपर्ने उनको भनाई छ । उनले ट्वीटरमार्फत स्पष्टरुपमा अहिलेसम्म प्रधानमन्त्री नबनेका नेतालाई प्रधानमन्त्री बनाउने भन्न खोजेका छन् ।
यसको अर्थ जसपाका नेतालाई प्रधानमन्त्री बनाउने उनको प्रस्ताव रहेको देखिन्छ ।
FACEBOOK COMMENTS