काठमाण्डौँ — नेपाल आयल निगमले इन्धनको मूल्यमा दुई रुपैयाँ घटाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि बुधवार राति १२ बजेदेखि मूल्य घटाएको हो ।
भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजेल र मट्टितेलको साबिकको खुद्रा मूल्य २ रुपैयाँको दरले घटाएको निगमका प्रवक्ता बिरेन्द्र गोइतले बताए ।
उनले स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोल/डिजेल र मट्टितेलमा दुई/दुई रुपैयाँ घटाएको बताए ।
नयाँ मूल्य सूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय ८ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९५/९५ रुपैयाँ पुगेको छ ।
निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS