काठमाडौं, जेठ ९ – नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर १८ हजार ९६५ जनाको आरटी–पीसीआर र ९६१ जनाको एन्टिजेन परीक्षणबाट ७,९१४ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ लाख १३ हजार २४१ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १९३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ हजार ३४६ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जित्नेको संख्या ३ लाख ९१ हजार ३४८ जना पुगेको छ । यो कुल संक्रमितको ७६.३ प्रतिशत हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५४७ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा २९ लाख १६ हजार ४६८ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले १ लाख १५ हजार ५४७ जना आइसोलेशन र ८७३ जना क्वारेन्टिनमा छन् ।
FACEBOOK COMMENTS