काठमाडौं, जेठ ९ – नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)लाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ ।
कम्पनीलाई १ बराबर १ अनुपातमा हकप्रद निष्काशन गर्न बोर्डले आज आइतबार अनुमति दिएको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित दरका ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको हो ।
हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले चैत १२ गते बोर्डमा आवेदन दिएको थियो ।
FACEBOOK COMMENTS