काठमाडौं, जेठ २१ – जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा जाने भएको छ । मन्त्रीहरुको सपथ साँझ ६ बजे राखिएको छ । जसपा स्रोतका अनुसार वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागिएको हो ।
शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकबाल मिया मन्त्री बन्ने भएका छन् ।
महतो उपप्रधान तथा शहरी विकास मन्त्री हुने छन् भने भण्डारीले उmर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । त्यस्तै झाले खानेपानी र कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मनत्रालयको जिम्मेवारी दिइने भएको छ ।
त्यसैगरी अरगरियालाई युवा तथा खेलकुद मन्त्रालय र चौधरीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक तथा एकबाल मियाले वन तथा वातावरण् मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । जसपाबाट दुई चन्द्रकान्त चौधरी ऊर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री बन्ने पक्का भएको छ ।
जसपाबाट मन्त्री थपिने भएपछि तीन जना मन्त्रीको जिम्मेवारी स्वतः खोसिएको छ । जिम्मेवारी खोसिनेहरूमा महिला बालबालिकामन्त्री जुलीकुमारी महतो, वनमन्त्री प्रेम आले र भूमि व्यवस्थामन्त्री डा. शिवमाया तुम्बाहाम्फे छिन् ।
FACEBOOK COMMENTS