काठमाण्डौँ — मेगा बैंक नेपाल लिमिटेडले स्वास्थ्य शिविरका लागि सहयोग गरेको छ।
नेपाल अर्वुदरोग विजेता समाजबाट काठमाडौँमा आयोजित क्यान्सर तथा आँखा रोग सम्बन्धी शिविरमा मेगा बैंकले सहयोग गरेको हो।
सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर आयोजनाका लागि सहयोग गरेको मेगा बैंकले जनाएको छ।